प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता हुँदै – Nepal Press

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता हुँदै

एमसीसी र जलवायु संकटबारे छलफल हुने

काठमाडौं । बुधबार बेलुका काठमाडौं भ्रमणमा आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज बेलुका भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने द्विपक्षीय भेटवार्तामा कोभिड-१९ महामारी, जलवायु संकट र लोकतन्त्रको सबलीकरणबारे छलफल हुने अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी दूतावास स्रोतका अनुसार देउवा र लूबीच अमेरिकी अनुदान सम्झौता (एमसीसी) बारे पनि कुराकानी हुने भएको छ । दुबै पक्षले एमसीसीबारे खुलेर केही नबताएपनि सहायक विदेशमन्त्री लूले देउवासँग एमसीसीको अनुमोदनबारे चासो राख्नेछन् ।

लूको नेपाल भ्रमणलाई एमसीसी अनुमोदन गर्न वासिङ्टनको अर्को दबाबको रुपमा हेरिएको छ । राष्ट्रपति जो बाइडेनले गत जनवरीमा कार्यभार सम्हालेयता नेपाल भ्रमण गर्ने उच्चस्तरीय अमेरिकी कूटनीतिज्ञ हुन् लू । उनले दक्षिण तथा मध्य एसियाली मामिला पनि हेर्छन् ।

उनले भोलि (शुक्रबार) परराष्ट्रमन्त्री, रक्षामन्त्री लगायतका सरकारी अधिकारीसँग पनि भेटवार्ता गर्ने भएका छन् । अमेरिकी उप-सहायकमन्त्री केली केन्डरलिङ पनि आजै काठमाडौं आउने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर