बारको आन्दोलन जारी, सहभागी पातलिँदै – Nepal Press

बारको आन्दोलन जारी, सहभागी पातलिँदै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियनले आज पनि आन्दोलन जारी राखेको छ । तर आन्दोलनमा सहभागी भने पातलिँदै गएका छन् । यसअघि सयौं वकिल सहभागी हुने प्रदर्शनमा आजभोलि केही मात्रै देखिन थालेका छन् ।

प्रधानन्यायधीशविरुद्ध इजलास नै बहिस्कार गरेका न्यायाधीश पनि अदालत फर्कन थालेसँगै बारको आन्दोलनमा सहभागी घटेका हुन् ।

आन्दोलनरत वकिलहरुले भने आज आन्दोलनको सेमिफाइनल र भोलि फाइनल हुने बताएका छन् ।

पछिल्ला दिनमा प्रधानन्यायाधीशको राजीनामा माग्दै असन्तुष्ट बनेका ‘विद्रोही न्यायाधीश’ मा विभाजन आएको छ । केही न्यायाधीशले इजलास फर्केर नियमित मुद्दाको सुनुवाइ थालेका छन् ।

संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई बारले अस्वीकार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर