अन्तर्राष्ट्रिय शृंखला: कतारविरुद्धको अन्तिम टी-२० आज – Nepal Press

अन्तर्राष्ट्रिय शृंखला: कतारविरुद्धको अन्तिम टी-२० आज

काठमाडौं । एक खेल अगावै शृंखलाल आफ्नो पक्षमा पारेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबार टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल खेल्दै छ ।

नेपाली समयअनुसार दिउँसो ३: ४५ बजे कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा हुने खेलमा नेपाल आफ्नो शानदार प्रदर्शन र लयलाई निरन्तरता दिन चाहन्छ ।

पहिलो खेलमा मंगलबार भएको पहिलो खेलमा १ सय १९ रनको शानदार जित निकालेको नेपालले बुधबार दोस्रो दिन पनि ६१ रनको फराकिलो जित दर्ता गरेको थियो । पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो खेलमा पनि टस जितर ब्याटिङ नै रोजेको थियो ।

इन्दु बर्माको अर्धशतकप्रेरित नेपालले पहिलो दिन घरेलु टोली कतारलाई २७ रनमा सीमित गरेको थियो । दोस्रो दिन १ सय ३० रनको लक्ष्य दिएको नेपालले जवाफी ब्याटिङमा उत्रिएको कतारलाई ६८ रनमा प्याक गरेको थियो ।

आईसीसी टी–२० महिला विश्वकपको एसियाली छनोट खेल्न मिडिल–इस्ट भ्रमणमा रहेको नेपाली टोलीले उतैबाट युएई प्रस्थान गर्नेछ । तयारी स्वरुप खेलिरहेको कतारविद्धको शृंखलामा सकारात्मक नतिजा निकाल्दै नेपाल विश्वकप छनोटमा उच्च मनोबलसहित पुग्ने तयारीमा छ ।

नेपालले विश्व छनोटमा हङकङ, भुटान, कुवेत, मलेसिया र युएईसँग खेल्ने छ । एसियाली छनोटबाट शीर्ष स्थानको टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर