देशभरी नै एमाले प्रवेश गर्ने लहर चलेको छ: ओली (भिडिओ) – Nepal Press

देशभरी नै एमाले प्रवेश गर्ने लहर चलेको छ: ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले देशभरी नै एमाले प्रवेश गर्नेहरुको लहर चलेको बताएका छन् ।

नेकपा एमाले निकट विद्यार्थी संगठनले आयोजना गरेको अखिल साँझमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । नेपालगञ्जमा आजै साढे ४ हजारभन्दा मानिस नेकपा एमाले प्रवेश गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले देशभरी नै यो लहर चलेको बताएका हुन् ।

उनले भने, ‘जस्तो एमालेको दिन वित्ने गर्छ त्यस्तै आजको दिन वितिरहेको छ । म नेपालगञ्जबाट यहाँ सोझै आएको । म हुँदासम्म त्यहाँ ४५ सय जना एमालेमा प्रवेश गरेका थिए । म हुँदासम्म ४५ सयले प्रवेश गरे म हिडेपछि पनि त्यो क्रम जारी थियो । त्यसपछि के भयो होला ! यो लहर देशरभी चल्दै जाने छ । जबसम्म एमालेले पूर्ण सफलता हासिल गर्दैन तबसम्म यो लहर चल्दै गर्छ । यो सफलता देश बनाउनका लागि हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर