बालकृष्ण खाँण भन्छन्ः ‘एमालेले राज्यसत्ता कब्जा गर्न खोजेकाले गठबन्धन बन्यो’ – Nepal Press

बालकृष्ण खाँण भन्छन्ः ‘एमालेले राज्यसत्ता कब्जा गर्न खोजेकाले गठबन्धन बन्यो’

फेरि पनि देउवा नै सभापति र प्रधानमन्त्री

रुपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले एमालेले राज्यसत्ता कब्जा गर्न खोजेपछि गठबन्धन बनेको बताएका छन् । एमाले नेतृत्वको सरकारले शासन व्यवस्थाको मानसिकताबाट राज्यसत्ता कब्जा गर्न खोजेको आरोप लगाउँदै गृहमन्त्री खाँडले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउनुपरेको दावी गरे ।

काँग्रेस रुपन्देहीले गृहजिल्लामा बुधबार भैरहवामा आयोजना गरेको कार्यक्रममा खाँणले ओली सरकारले मानवअधिकार, जनताका मौलिक अधिकारमाथि नै घात गरेको उनले आरोप थियो । उनले संविधान, लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाई राज्यसत्तालाई सरकारको माध्यमबाट कब्जा गर्ने, बहुदलीय शासन व्यवस्थाको बर्खिलाप एकदलीय साशन व्यवस्थाको कारणले अहिलेको सत्ता गठबन्धन बनेको दावी गरे ।

गृहमन्त्री खाँणले जुनसुकै दर्जाका प्रहरी सेवानिवृत्त हुँदा एक तह बढुवा हुने गरी प्रहरी नियावली संशोधन गरेर लोकसेवा आयोगमा स्वीकृतिका लागि पठाइएको पनि बताएका छन् । लामो समय बढुवा हुन नसक्दा वर्षौसम्म राज्यलाई योगदान गरेका प्रहरीहरु सेवानिवृत्त पछि घरव्यवहार र गुजारा चलाउनसमेत नसक्ने भएकाले एक तह बढुवा गरी पेन्सन बृद्धिको योजना ल्याइएको जानकारी दिए । उनले अघिल्लो सरकारले माथिल्लो दर्जाका प्रहरीलाई प्रक्षपोषण गर्न दरबन्दी बढाउने गरे पनि काँग्रेस नेतृत्वको सरकारले भने तल्लो तहदेखि माथिल्लो तहसम्मका प्रहरी अधिकृतहरुलाई ध्यान दिएर प्रहरी नियमावली संशोधन गरेको बताए ।

खाँणले विगतमा काँग्रेस नेतृत्वको सरकार हुँदा पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को हुँदा काँग्रेस सरकारमा लामो समय टिक्न नसकेको जनाउँदै अब सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने बताए । उनले १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति बन्ने र संघीय निर्वाचनपछि प्रधानमन्त्री पनि देउवा नै बन्ने दावी गरे । कार्यक्रममा काँग्रेस रुपन्देहीले पार्टीको १३ औं अधिवेशनमा जिल्ला, क्षेत्र, स्थानीय तह, वडा तहमा निर्वाचित तीन सय पदाधिकारीहरुलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । १४ औं महाधिवेशनको संघारमा सम्मान कार्यक्रम आयोजना गरी कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप देउवा पक्षीय काँग्रेसले राणनीतिअनुरुप सम्मान कार्यक्रम आयोजना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर