नेपाल घोडचढी संघलाई अन्तर्राष्ट्रिय मान्यता – Nepal Press

नेपाल घोडचढी संघलाई अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । नेपाल घोडचढी संघले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अन्तर्राष्ट्रिय इक्वेस्टेरियन महासंघको बेल्जियमको अन्टर्पमा बसेको विशेष साधारण सभाले नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो ।

नोभेम्बर १४ देखि १७ सम्म बेल्जियममा बसेको बैठकले नेपाललाई मान्यता दिने निर्णय भएको महासंघकी सचिव सर्बिना इबानेजले जानकारी दिएकी हुन् । नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने महासंघको निर्णयप्रति संघका अध्यक्ष रवी राजकर्णिकारले खुसी व्यक्त गरेका छन् । उनले ६ वर्षको अनवरत प्रयास सफल भएकोमा सबैलाई धन्यबाद ज्ञापन गरे ।

नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने सम्बन्धमा गत महिना विदेशी पदाधिकारीले नेपालको भ्रमण गरेका थिए । उनीहरूले नेपाल बसाइँका क्रममा यस खेलको सम्भावना र विकाशको पक्षबारे जानकारी लिएका थिए ।

उनीहरूले यतिबेला युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, रक्षा मन्त्री मिनेन्द्र रिजाल, राष्ट्रिय खेलकुद परिषद्का तत्कालिन सदस्य-सचिव, नेपाल आर्मीको क्याभिलरी विभागका पदाधिकारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँग भेटघाट पनि गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर