नेप्से करिब १७ अंकले बढ्यो, टेलिकम बन्यो सबैभन्दा धेरै सेयर कारोबार गर्ने कम्पनी – Nepal Press

नेप्से करिब १७ अंकले बढ्यो, टेलिकम बन्यो सबैभन्दा धेरै सेयर कारोबार गर्ने कम्पनी

काठमाडौं । बुधबार सेयर बजार परिसुचक (नेप्से) करिब १७ अंकले बढेर २८०१.५२ अंकमा पुगेको छ । २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर खरिदविक्री भएको नेप्सेमा ७ अर्ब ३८ करोड रुपैयाँ बारबारको कारोबार भएको छ ।

सेन्सेटिभ परिसुचक करिब ४ अंकले बढेर ५२५.४४ अंकको विन्दुमा पुगेको छ । समूहगत उपसुचकतर्फ विकास बैंक समूह, जीवन बीमा समूह, नीर्जीवन बीमा समूह, उत्पादन तथा प्रशाेधन समूह , सामूहिक लगानीकोष समूह र लगानी समूहको सेयर करोबार घटेको छ । यसैगरी बैंकिङ समूह, व्यपार समूह, होटल तथा पर्यटन समूह, जलविद्यूत समूह , माइक्रोफाइनान्स समूह र अन्य समूहको कारोबार बढेको छ ।

अन्य समूह अन्तर्गत पर्ने कम्पनीहरुको सुचाङ्क सबैभन्दा धेरै १०५.२८ अंकले बढेको छ भने उत्पादन तथा प्रशाेधन समूहमा पर्ने कम्पनीहरुको सुचाङ्क सबैभन्दा धेरै १००.६ अंकले घटेको छ ।

पञ्चकन्या माईहाइड्रोपावर, माथिल्लो तामाकोशी, मनुसी लघुवित्त वित्तीय संस्था , तेह्रथुम जलविद्यूत कम्पनी र नेपाल बंगलादेश बैंकको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।

केहीदिन देखि निरन्तररुपमा बढिरहेको बोटर्लस नेपाल(तराई) का लगानीकर्ताले सबैभन्दा धेरै ७.४७ प्रतिशतले गुमाएका छन । चालु आर्थिक वर्षको पहिलो क्वाटरमा करिब ४७ प्रतिशतले नाफा बढाएको तथा सर्वाधिक कर तिर्ने कम्पनी वनेको नेपाल दुरसञ्चार कम्पनीको सेयर आज सबैभन्दा धेरै कारोबार भएको छ । टेलिकमको आजको अन्तिम मूल्य १३९० रुपैयाँ कायम भएको छ भने ५८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर