करमा नागरिकको लागत घटाउन प्रदेश २ सरकार प्रतिबद्ध – Nepal Press

करमा नागरिकको लागत घटाउन प्रदेश २ सरकार प्रतिबद्ध

जनकपुरधाम । प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले करमा नागरिकको लागत न्यूनीकरण गर्न आवश्यक व्यवस्था मिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

कर दिवस २०७८ को शुभकामना सन्देश जारी गर्दै मन्त्री साहले भनेका छन्, ‘स्वच्छ एवं पारदर्शी व्यवसाय र करदातामैत्री वातावरण कायम गर्नका लागि प्रविधि सुधार गर्ने, क्षमता सवलीकरण गर्ने तथा सेवा प्रवाहको आधुनिकीकरण र सरलीकरणका माध्यमबाट करमा लगत न्यूनीकरण गर्न सरकार प्रतिवद्ध छ ।’

उनले कर करले होइन्, रहरले बुझाउने वातावरण सिर्जजना हुनुपर्नेमा जोड दिएका छन् । नेपाल सरकारले मंसिर १ गते कर दिवस मनाउँदै आएकोमा प्रदेश अर्थ मन्त्रालयले समेत सोही मितिमा कर दिवस मनाउने निर्णय गरेको पनि उनको भनाइ छ ।

कर दिवसका अवसरमा मन्त्री साहले संघ, प्रदेश र स्थानीय तहमा संविधान र कानुनबमोजिम कर संकलनमा योगदान पुर्याउनेहरूलाई शुभकामना दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर