नेपाली कांग्रेस बाँकेको पालिका अधिवेशन प्रक्रिया आजदेखि सुरु हुने – Nepal Press

नेपाली कांग्रेस बाँकेको पालिका अधिवेशन प्रक्रिया आजदेखि सुरु हुने

रुपन्देही । आन्तरिक विवादका कारण लामो समयदेखि रोकिएको नेपाली कांग्रेस बाँकेमा आज बुधबार पालिका निर्वाचनका लागि मनोनयन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेशका सबै जिल्लामा वडा तथा पालिका अधिवेशन सकिए पनि बाँकेमा क्रियाशील सदस्य विवादका कारण रोकिएको थियो । वडा तहको निर्वाचान सकिएसँगै आज पालिकाको मनोनयन दर्ता समय राखिएको जिल्ला निर्वाचन समिति बाँकेले जनाएको छ ।

बाँकेमा कांग्रेस संस्थापन समूह र संस्थापन इतर समूहबीच कडा प्रतिस्पर्धा सतहमा आएको छ । संस्थापन पक्षले जिल्लाले सिफारिस गरेबाहेकका सदस्यलाई क्रियाशील सदस्य थप गरेको भन्दै संस्थापन इतर समूले लामो समय आन्दोलन गरेको थियो ।

पूर्वसभापति स्व. शुशील कोइरालाको गृहजिल्ला बाँकेमा अहिले पनि उनकै भाइबुहारी किरण कोइराला सभापति छन् । देउवा पक्षले आफ्नो पक्षमा जिल्लाको नेतृत्व ल्याउनका लागि पार्टी विधान विपरीत सदस्यता थपेकाले निरन्तर दवाव दिनुपरेको नेता पोषण केसीले बताए ।

यस्ता छन् पालिकाका आकांक्षी
बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा सभापति पदका लागि तीन जना आकांक्षी देखिएका छन् । वर्तमान सभापति प्रशान्त विष्ट, नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर र तरुण दलका जिल्ला सचिव विनोद रिजालले सार्वजनिकरुपमै उम्मेदारी घोषणा गरेर प्रचारमा आएका छन् ।

उमा कोइराला समूहकी हुन् भने प्रशान्त र विनोद देउवा समूहका हुन् । १ उपमहानगर, १ नगरपालिका र ६ गाउँपालिका गरी ८ पािलका रहेको बाँकेको वडा तहको निर्वाचनमा धेरै ठाउँमा सर्वसम्मत छनौट भए पनि अधिकांश पालिकामा अलग अलग समूहमै निर्वाचन हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर