घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीको नेतृत्वमा पाठककै निरन्तरता – Nepal Press

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीको नेतृत्वमा पाठककै निरन्तरता

रुपन्देही । नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिको अधिवेशनले पुनः नेत्रप्रसाद पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

निर्वाचन समितिका संयोजक जीवनारायण अधिकारीका अनुसार प्रदेश समिति र प्रदेश महिला उद्यमी समिति सर्वसहमतिमा चयन भएको हो ।

जस अनुसार महासंघको वरिष्ठ उपाध्यक्षमा गणेशप्रसाद अधिकारी (रुपन्देही), उपाध्यक्षमा उमानाथ पोख्रेल (नवलपरासी), महासचिवमा जयश्वर पौडेल (बाँके), कोषाध्यक्षमा लक्ष्मण बेल्वासे (कपिलवस्तु) रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा धनिश्वर गौतम (गुल्मी), डिल्लीराम बस्याल (पाल्पा), जितबहादुर महरा (रोल्पा), दोणराज सुवेदी (कपिलवस्तु), विनता पाृेख्रेल (नवलपरासी),संजिव गहतराज (कपिलवस्तु), धनसिंह वली (बाँके), सतिशकुमार अधिकारी (बांके ) रहेका छन् ।

महिला उद्यमी समितिको अध्यक्षमा शान्ती शर्मा, वरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री भण्डारी, उपाध्यक्षमा सावित्रा टण्डन, महासचिवमा पार्वती अधिकारी, कोषाध्यक्षमा मेनकला सिंह रहेका छन् । सदस्यहरुमा शान्ती पौडेल, अनिषा केसी, सुनीता राणा, हिरा घले, मुना पाण्डे रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई महासघका केन्द्रिय अध्यक्ष श्याम गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर