प्रचण्ड आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले दियो सार्वजनिक विदा – Nepal Press

प्रचण्ड आउने भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले दियो सार्वजनिक विदा

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न आउन लागेकाले महोत्तरीको रामगोपालपुर नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

नगरप्रमुख अशोक कुमार मण्डलले सार्वजनिक विदा दिएको सूचना नै जारी गरेका हुन् । उनका अनुसार रामगोपालपुर २, ३, ४, ६, ७, ८ र ९ मा निर्माण हुनलागेको आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न प्रचण्ड आज आउन लागेका छन् ।

स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आउने कार्यक्रम रहेकाले एक दिनका लागि सार्वजनिक विदा दिएको नगरप्रमुख मण्डलले सूचनामा भनेका छन् । उनले उक्त समारोहमा उपस्थित भई शोभा बढाइ दिन नगरबासीसँग अनुरोध पनि गरेका छन् ।

अध्यक्ष प्रचण्ड आज विहान ११ बजे विमानबाट जनकपुर विमानस्थल आउने र त्यसपछि रामगोपालपुर पुग्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर