७७ जिल्लामै पुग्यो युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम – Nepal Press

७७ जिल्लामै पुग्यो युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम

मनाङ र मुस्ताङमा समेत कार्यक्रम विस्तार

युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार भएको छ । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर पुगेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औं बैठकले थप दुई जिल्ला मनाङ र मुस्ताङमा उक्त कार्यक्रम बिस्तार गर्ने निर्णय गरेको हो । मन्त्री गहतराजले कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो बैठक बोलाएका हुन् ।

मन्त्री गहतराजले देशभरका युवालाई स्वरोजगार बनाउने उद्धेश्यले थप दुई जिल्लामासमेत उक्त कार्यक्रम लागु गर्न निर्देशन दिएका छन् । नेपाल सरकारबाट २०६५ सालमा स्थापना भएको कोषले युवालाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *