सत्तारुढ गठबन्धनले भन्यो- न्यायालय विवादको निकास यथाशिघ्र निस्कनुपर्छ – Nepal Press

सत्तारुढ गठबन्धनले भन्यो- न्यायालय विवादको निकास यथाशिघ्र निस्कनुपर्छ

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आज बसेको सत्तारुढ गठबन्धन समन्वय समितिको बैठकले अदालतको विवादबारे ध्यानाकर्षण भएको जनाएको हो ।

‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायापालिकाको स्वतन्त्रता, गरीमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्दछ भन्ने हाम्रो धारणा छ र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्नेमा हामी आशा गर्दछौं’ बैठकपछिको निर्णयमा भनिएको छ ।

त्यस्तै आजको बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्बर्धनमा जोड दिने निर्णय गरेको छ ।

बैठक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर