सामा-चकेवा पर्वले उजेलिएको तराई (तस्बिरहरू) – Nepal Press

सामा-चकेवा पर्वले उजेलिएको तराई (तस्बिरहरू)

महोत्तरी । तराई क्षेत्रमा दाजु र बहिनीबीचको प्रेम प्रतीक मानिएको सामा-चकेवा पर्व सुरू भएको छ । छठ पर्वको भोलिपल्टदेखि ९ दिनसम्म मनाइने यो पर्व विशेषगरी मधेशी र थारु समुदायले मनाउँछन् ।

दिदीबहिनीहरूले घर-आँगनमा जम्मा भइ दाजुभाइको दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तीका लागि गीत गाउँदै सामा-चकेवा पर्व मनाउँछन् ।

यसै क्रममा महोत्तरीको जलेश्वर क्षेत्रमा जम्मा भएर दिदीबहिनीहरूले गीत गाएका छन् । सामालाई महिला र चकेवालाई पुरुषका रूपमा लिने गरिन्छ । कात्तिक पूर्णिमा दिन यो पर्व विशेष रूपमा मनाउँदै सोही राति यसको समापन हुन्छ । तराई क्षेत्रमा सामा-चकेवा पर्वको रौनकता छाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर