काठमाडौंका सडकको खाल्डा पुर्दै सडक विभाग (तस्बिरहरु) – Nepal Press

काठमाडौंका सडकको खाल्डा पुर्दै सडक विभाग (तस्बिरहरु)

काठमाडौं । सडक विभागले मुख्य सडकमा भएको खाल्डाखुल्डी धमाधम पुर्न थालेको छ । विभागले काठमाडौंको तिनकुनेदेखि माइतीघर मण्डलासम्मको ३ किलोमिटर सडकमा भएको खाल्डाखुल्डी पुर्न शुरु गरेको हो ।

हिजोदेखि विभिन्न ठाउँमा वर्खाले विगारेको सडक मर्मत गर्न शुरु गरिएको सडक विभागका सुपरभाइजर नुगेन्द्र चौलागाईले नेपाल प्रेसलाई बताए । उनले भने,‘ नेपाल बन्दको कारण खाल्डाखुल्डी पुर्न झन सहज भएको छ ।’

उनका अनुसार विभागले अब पुरानो बानेश्वर, गौशाला, ज्ञानेश्वर कालोपुल लगायत अन्य ठाउँको सडक मर्मत गर्दैछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *