कैलाली कांग्रेसः चार स्थानीय तहमा अधिवेशन स्थागित, कहाँ को–को भिड्दैछन् ? – Nepal Press

कैलाली कांग्रेसः चार स्थानीय तहमा अधिवेशन स्थागित, कहाँ को–को भिड्दैछन् ?

कैलाली । नेपाली कांग्रेस कैलालीका आज तोकिएको चार स्थानीय तहमा अधिवेशन स्थागित भएको छ । नौ स्थानीय तहमा भने अधिवेशन भइरहेको भइरहेको प्रचार समितिका संयोजक नृप सुनारले जानकारी दिए ।

उनका अनुसार मोहन्याल, चुरे , जानकी कैलारी ,जोशीपुर, बर्दगोरीया गाउँपालिकामा अधिवेशन सुरु भएको छ । त्यस्तै लम्की चुहा , टिकापुर र गोदावारीमा पनि अधिवेशन सुरु भएको उनले जानकारी दिए ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेका बन्दका कारण घोडाघोडी, भजनी, गौरिगंगा नगरपालिका र धनगढीमा उपमहानगर पालिकामा अधिवेशन स्थगित भएको छ ।

कहाँ को छन् आकांक्षी ?

सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै उद्योग वाणिज्य संघका पूर्व महासचिव रुपेश स्वाँरले पनि नगर सभापतिमा चुनाव लड्ने बताएका छन्।

गोदावरीमा वीर बहादुर चोखाल र विष्णु बडेलाले उम्मेदवारी घोषणा गरिसकेका छन् । घोडाघोडीमा कालिराम चौधरी, बम बहादुर सिंह र चन्द्रु चौधरीले आकांक्षा व्यक्त गरेका छन् । गौरीगंगामा पहलविक्रम चन्द र मोहन साउदले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

लम्की चुहा नगरपालिकामा इन्द्र कुँवर र भक्त चलाउने सभापतिमा लड्ने बताएका छन् । भजनीमा टेकराज न्यौपाने र नवराज मिश्र चुनावी दौडमा छन् ।
कैलारीमा कृष्ण चौधरीलाई सर्वसम्म सभापति बनाउने अन्तिम तयारी भइरहेको जनाइएको छ ।

टिकापुर नरेन्द्र कुमार खत्री , झनक तिमिल्सिना दौडमा छन् । चुरेमा खगेन्द्र खडायत र हेम शाह, मोहन्यालमा प्रेम बुचामगर र कमल साउद निर्वाचनमा लडेका छन् । उनीहरुको मतदान सम्पन्न भएको छ ।

त्यस्तै जोशीपुर र जानकीमा पनि सहमतिको प्रयास भइरहेको सुनारले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर