पदमा पुगेर काम नगर्नेलाई जिम्मेवारी दिनु हुँदैन : नेता सिंह – Nepal Press

पदमा पुगेर काम नगर्नेलाई जिम्मेवारी दिनु हुँदैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको जिम्मेवारीमा पुगेर पनि असफल भएकाहरूलाई पुनः अवसर दिन नहुने बताएका छन् ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै पूर्वमहामन्त्री सिंहले कांग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको भन्दै कार्यकर्ताले पनि सही मूल्यांकन गर्नुपर्ने बताए । ‘शेरबहादुरजीसँग मेरो व्यक्तिगत गुनासो छैन तर अहिले उहाँलाई नेतृत्व सुम्पिन सकिदैन । पार्टीको पदमा पुग्दा काम गर्न नसक्नेहरु कसैलाई पनि अब नेतृत्व सुम्पिनु हुँदैन’, सिंहले भने ।

उनले नेतृत्व परिवर्तन आम सरोकार रहेको भन्दै पार्टीलाई तल्लो तहदेखि नै बलियो बनाउन आफू सभापतिको प्रत्यासी बनेको बताए । ‘पदमा बस्दा काम नगर्नेलाई अब जिम्मेवारी दिनुहुँदैन । म त साधारण कार्यकर्ताबाट दुःख गर्दै आजको अवस्थासम्म आइपुगेको छु । मसँग पार्टी चलाउने अनुभव पनि छ , क्षमता पनि छ’, सिंहले भने ।

१४ औं महाधिवेशनपछि पार्टीभित्र कसैले पनि अन्याय भोग्नुनपर्ने भन्दै नेता सिंहले सही नेतृत्व छान्नु नै महाधिवेशनको चुनौती भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर