न्यायाधीशहरू इजलासमा फर्किन थाले, ६ जनाले गरे मुद्दाको नियमित सुनुवाइ – Nepal Press

न्यायाधीशहरू इजलासमा फर्किन थाले, ६ जनाले गरे मुद्दाको नियमित सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीहरूमध्ये केही इजलासमा फर्किन थालेका छन् । प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेका न्यायाधीहरूमध्ये मंगलबार ६ जना न्यायाधीशहरू इजलासमा फर्केर मुद्दाको नियमति सुनुवाइ थालेका हुन् ।

न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, प्रकाश ढुंगाना, कुमार चुँडाल र मनोज शर्मा जारी आन्दोलन छाडेर इजलासमा फर्किएका छन् । तेजबहादुर केसी र कुमार रेग्मी, प्रकाश ढुंगाना र कुमार चुँडाल तथा बमकुमार श्रेष्ठ र मनोज शर्माको इजलासमा अहिले सुनुवाइ भइरहेको छ ।

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनको नेतृत्व गरिरहेका बरिष्ठ न्यायाधीशहरूको नियत न्यायपालिका सुधार गर्ने भन्दा पनि व्यक्तिगत लाभहानीमा केन्द्रित रहेको बुझेपछि न्यायाधीशहरू आन्दोलनबाट अलग हुन थालेका छन् ।

सोमबार नेपाल बारसँगको छलफल बहिष्कार गरेका ५ जना न्यायाधीशलाई मंगलबार अर्का न्यायाधीश प्रकाश ढुंगानाले पनि साथ दिएका छन् ।

अन्तहीन र एजेण्डाविहीन आन्दोलनबाट विस्तारै अरु न्यायाधीश पनि ब्याक हुने बताइएको छ । विश्वम्भर श्रेष्ठ, सपना प्रधान मल्ल, अनिल सिन्हा, नहकुल सुवेदीलगायतका न्यायाधीश पनि गोलाप्रथाबाट इजलास तोकेर नियमित काममा फर्किनुपर्ने पक्षमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर