माेरङमा ट्याक्टर पल्टदा २ सहचालकको मृत्यु – Nepal Press

माेरङमा ट्याक्टर पल्टदा २ सहचालकको मृत्यु

मोरङ ।मोरङको बेलबारी नगरपालिका- ५ कसेनि स्थितमा ट्याक्टर पल्टदा सवार २ जना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ वर्षीय बिजय हेमरन र १५ बर्षीय अबिनाश मनण्डी रहेका छन् ।

हिजो बेलुका ८ बजे को २ त.८६८८ नम्बरको ट्याक्टरले ईन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको हो ।

ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आईती सतार टुडु ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर