देश फर्कन पाउनुपर्ने माग गर्दै दूतावासबाहिर चिनियाँ नागरिकको प्रदर्शन (तस्बिरहरु) – Nepal Press

देश फर्कन पाउनुपर्ने माग गर्दै दूतावासबाहिर चिनियाँ नागरिकको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । कोभिड-१९ महामारीको कारण देश फर्कन नपाएका चिनियाँ नागरिकले चिनियाँ दूतावासबाहिर आज प्रदर्शन गरेका छन् ।

महामारीको कारण केही वर्षदेखि नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग गरेका छन् । ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लेकार्ड प्रदर्शन उनीहरुले गरेका थिए ।

नेपाल प्रेससँग कुरा गर्दै चिनियाँ दूतावासका प्रवक्ता जितुआन लुआनले महामारीले रोकिएका चिनियाँ नागरिकलाई फर्काउने कुरामा दूतावासले पहल गरिरहेको बताएका छन् । ‘उहाँहरुको मागबारे हामीलाई अवगत छ । महामारीको कारण उहाँहरु फर्कन पाउनुभएको छैन । यसबाहेक अन्य कारण छैन’ उनले भने ।

प्रदर्शनमा सहभागी एक चिनियाँ नागरिकले भने, ‘अहिले हामी होटलमा बसिरहेका छौं । काम नभएको पाँच महीना भैसक्यो । दिनमा २५ सय खर्च भैरहेको छ । अहिले १५०० देखि २००० जना हामी छौं र देश फर्कन चाहन्छौं ।’ पैसा आफैले तिरेर फर्कन्छु भन्दा पनि आफूहरु फर्किन नपाएको ती चिनियाँ नागरिकले नेपाल प्रेसलाई बताए ।

चिनियाँ नागरिकमात्र नभएर महामारीले अध्ययन बिदामा घर फर्किएका नेपाली विद्यार्थी पनि चीन फर्कन पाएका छैनन् । विद्यार्थीलाई चीन जान दिन कूटनीतिक तहमा प्रयत्न भैरहेपनि चीनले यसबारे कुनै निर्णय लिएको छैन ।

चीनमा पछिल्लो समय कोरोना संक्रमणमा वृद्धि भएपछि कतिपय चिनियाँ राज्यमा लकडाउन समेत सुरु भएको छ ।


प्रतिक्रिया

One thought on “देश फर्कन पाउनुपर्ने माग गर्दै दूतावासबाहिर चिनियाँ नागरिकको प्रदर्शन (तस्बिरहरु)

  1. जे होस् लोकतान्त्रिक सरकारले लोकतन्त्रको अभ्यास गर्न दिने भएर नै त होला सडकमा उत्रिएका । समस्याको समाधान होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर