पशुपति दयाल मिश्रसहितलाई पार्टीमा भित्र्याउन एमाले अध्यक्ष नेपालगन्ज जाँदै – Nepal Press

पशुपति दयाल मिश्रसहितलाई पार्टीमा भित्र्याउन एमाले अध्यक्ष नेपालगन्ज जाँदै

रुपन्देही । स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितको टोलीलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाँकेको नेपालगन्ज जान लागेका छन् ।

मंसिर १ गते पार्टी अध्यक्ष केपी शर्मा ओली बाँकेको नेपालगन्ज जानेकार्यक्रम तय भएको एमाले बाँकेले जनाएको छ ।

स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्रसहित साबिकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठकलगायतका विभिन्न पार्टीका ३ हजार नेता कार्यकर्ता पार्टी प्रवेश गराउन अध्यक्ष ओली नेपालगन्ज जान लागेको केनद्रीय सदस्य मोहम्मद हारुनले जानकारी दिए ।

केही समययता कार्यकर्तासहित एमाले प्रवेश गर्ने तयारीमा मिश्र रहेका छन् । उनी गत निर्वाचनमा एमालेमा नखुलेका कारण थोरै मतले पराजित भएको एमालेको निष्कर्ष छ ।

बाँकेमा विभाजनको असर कम पार्न स्थानीय नेताहरुले मिश्रसहितको टोलीलाई औपचारिकरुपमा भित्र्याउने तयारी गरेको र बाँकेमा एमालेलाई थप सशक्त बनाउने अभियानमा लागेको जिल्ला उपाध्यक्ष किस्मत कुमार कक्षपतिले बताए ।

पार्टी अध्यक्ष निरक गुरुङले महाधिवेशन उद्दघाटन समारोहमा कम्तिमा ५ हजार कार्यकर्ता चितवन पुर्‍याउने तयारी गरेको बताए । महाधिवशेनका लागि बाँकेबाट १३ जना प्रतिनिधि निर्विरोध छनोट भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर