मूल्यवृद्धिविरुद्ध नेकपाको नेपाल बन्द, उपत्यकामा न्यून प्रभाव (तस्बिरहरु) – Nepal Press

मूल्यवृद्धिविरुद्ध नेकपाको नेपाल बन्द, उपत्यकामा न्यून प्रभाव (तस्बिरहरु)

काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इन्धनमा गरिएको अस्वभावित मूल्यबृद्धिको विरोधमा आज आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौं उपत्यकामा सामान्य परेको छ ।

सार्वजनिक सवारीको चाप कम भए पनि निजी सवारीहरु निर्वाध रुपमा चलिरहेका छन् । मुख्य चोक र संवेदनशील क्षेत्रहरुमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी साधन भने चलेका छैनन् । लामो दूरीका सवारी सन्चालकहरु बन्दको प्रभाव र प्रदर्शनकारीको उपस्थिति हेरेर दिउँसोदेखि चलाउने मनशायमा छन् ।

उपत्यकाका कतिपय विद्यालयले आजका लागि विदा दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर