लुम्बिनी बाहेका सबै प्रदेशमा राप्रपाको नयाँ नेतृत्व, यी हुन् नवनिर्वाचित अध्यक्ष – Nepal Press

लुम्बिनी बाहेका सबै प्रदेशमा राप्रपाको नयाँ नेतृत्व, यी हुन् नवनिर्वाचित अध्यक्ष

काठमाडौं । राष्ट्रिय महाधिवेशनका लागि आइतबार सातवटै प्रदेशमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश अधिवेशन आज सम्पन्न भएको छ । केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट नेतृत्व चयन भएको छ।

प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा र गण्डकीमा मदनबहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ अध्यक्ष निर्वाचित भएका छन् ।

प्रदेश २ मा भरत गिरी, वागमती प्रदेशमा विक्रम बहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुर पश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको पार्टीको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए।

लुम्बिनी प्रदेशमा भने मतदान भएको र परिणाम आउन बाँकी रहेको श्रेष्ठले बताएक । लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय र ऋषिराज देवकोटा अध्यक्षका उमेदवार रहेका छन् ।

राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ । त्यसका लागि कार्तिक ३, ४ र ५ गते महाधिवेशन प्रतिनिधि छनौट गरिने कार्यतालिका रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर