एमाले महाधिवेशनमा उद्योगी व्यवसायीबाट ५ प्रतिनिधि चयन – Nepal Press

एमाले महाधिवेशनमा उद्योगी व्यवसायीबाट ५ प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा उद्योगी व्यवसायीहरुको तर्फबाट ५ जना प्रतिनिधि चयन भएका छन् । एमाले निकट राष्ट्रिय उद्योग व्यापार संगठनबाट पाँच प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

संगठनका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद एलपी साँवा लिम्बुसहित बरिष्ठ उपाध्यक्ष भीमलाल पौडेल र महासचिव भगिरथ सापकोटा प्रतिनिधि चयन भएका छन् ।

त्यस्तै महिलाबाट मनिषा सुब्बा नाल्बो र बिन्दु श्रेष्ठ चयन भएको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर