‘विद्रोही न्यायाधीश’ समूहमा विभाजन, पाँच न्यायाधीशले गरे बारसँगको छलफल बहिष्कार – Nepal Press

‘विद्रोही न्यायाधीश’ समूहमा विभाजन, पाँच न्यायाधीशले गरे बारसँगको छलफल बहिष्कार

काठमाडौं । प्रधानन्यायाधीशको बहिर्गमन माग गर्दै इजलास बहिष्कार गरेर अघोषित हड्तालमा उत्रिएका सर्वोच्च अदालतका न्यायाधीशहरूबीच स्पष्ट फुट देखिएको छ ।

संविधानबाहिरबाट प्रधानन्यायाधीश हटाउन खोज्ने र जनताको न्यायको हकविपरीत इजलास बहिष्कार गर्ने कुरामा सुरूदेखि नै असहमत रहेका पाँचजना न्यायाधीश आजबाट सामूहिक छलफलमा सहभागी भएनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको प्रेस विज्ञप्तिपछि उत्पन्न परिस्थितिबारे असन्तुष्ट न्यायाधीशहरूले बार एशोसियसनसँग अबको कदमबारे आयोजना गरेको छलफलमा पाँचजना न्यायाधीश सहभागी नभएपछि सर्वोच्चका न्यायाधीशहरूमा प्रष्ट विभाजन देखिएको हो ।

न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल बारसँगको छलफलमा सहभागी भएनन् । त्यस्तै अन्य ६ जना न्यायाधीश पनि अन्तहीन रूपमा इजलास बहिष्कार गर्ने कुराको विपक्षमा छन् ।

उनीहरू पनि अब सम्भवतः नियमित मुद्दाको सुनुवाइ गर्न इजलासमा फर्किने सर्वोच्च स्रोतले जनाएको छ । त्यो भएको अवस्थामा विद्रोही समूह अल्पमतमा पर्नेछ ।

इजलासमा बसेर नियमित मुद्दा हेर्नुपर्ने अडान राखेरै उनीहरू ६ जना अन्य न्यायाधीशहरूसँग छलफलमा छन् । तर, उनीहरू प्रधानन्यायाधीशसँग पनि संवादमै रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर