हैजाविरुद्धको साढे २ लाख डोज खोप नेपाल आइपुग्यो, प्रकोप प्रभावित कपिलवस्तुका बासिन्दालाई लगाइने – Nepal Press

हैजाविरुद्धको साढे २ लाख डोज खोप नेपाल आइपुग्यो, प्रकोप प्रभावित कपिलवस्तुका बासिन्दालाई लगाइने

काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको हैजाविरुद्धको साढे दुई लाख डोज ओरल खोप नेपाल आइपुगेको छ । उक्त खोप कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आगामी आइतबार खोप लगाउने तयारी भइरहेको छ। कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिनेछ।

गत असोज १८ गतेदेखि कपिलवस्तुमा झाडापखालाको प्रकोप फैलिएको थियो। मन्त्रालयका अनुसार प्रकोपबाट चार जनाको मृत्यु भइसकेको छ भने हाल त्यहाँ झाडापखाला नियन्त्रणमा रहेको मन्त्रालयले जनाएको छ।

उक्त खोप स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई डब्लूएचओका स्वास्थ्य पदाधिकारीले हस्तान्तरण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर