रामचन्द्र झा नेकपा एसको सचिवालय सदस्य मनोनित, वंशीधर मिश्र स्थायी कमिटीमा – Nepal Press

रामचन्द्र झा नेकपा एसको सचिवालय सदस्य मनोनित, वंशीधर मिश्र स्थायी कमिटीमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा माओवादी केन्द्रबाट औपचारिक रुपमा प्रवेश गर्नुअघि नै रामचन्द्र झालाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।

केन्द्रीय कमिटीको बुधवार बसेको बैठकले झा लाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै हालैमात्र गठबन्धन सरकारले बंगलादेशको राजदूतबाट फिर्ता बोलाएका डा.बंशीधर मिश्रलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ । मिश्र एमालेमा केन्द्रीय सदस्य थिए ।

बैठकले डडेलधुराबाट एमाले छाडेर एसमा प्रवेश गरेका डा. तारा जोशी, नेकपा माले छाडेका कुलप्रसाद फुयाल, निलमणी बराल लगायतलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर