नवलपुर एमालेको प्रतिनिधि छनौट अबैध भएको आरोप – Nepal Press

नवलपुर एमालेको प्रतिनिधि छनौट अबैध भएको आरोप

कावासोती । नेकपा (एमाले) नवलपुरको प्रतिनिधि छनौट प्रकृया अबैध भएको भन्दै निर्वाचन समिति र पार्टीलाई ध्यानाकर्षण गरिएको छ । २० प्रतिनिधि छनौटका लागि आवेदन माग गरिएकोमा बिधानको प्रतिनिधि छनौट मापदण्ड विपरित प्रतिनिधि छनौट भएपछि आकांक्षीहरुले अबैध भएको भन्दै नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् ।

बिद्यानमा महाधिबेशन प्रतिनिधि चयन हुनका लागि खुल्ला तर्फ कम्तीमा १० बर्ष सदस्यता प्राप्त गरेको र महिला लगाएत समावेशीताका लागि सात बर्ष समय हुनुपर्ने उल्लेख छ । त्यसको आधारमा नभएर नेतृत्वले मनपरि प्रतिनिधि घोषण गरी एमालेको लोकप्रियतालाई कमजोर बनाउन खोजेको आरोप आकांक्षीहरुले लगाएका हुन् ।

महाधिवेशन प्रतिनिधिका उम्मेदवार विद्रोही गिरीले मनोनय दर्ता गरि सकेपछि उम्मेदवारीमाथि दावी बिरोधको समेत समय नदिई मनपरी तरिकाले प्रतिनिधि चयन गरेकाले निर्वाचन समितिलाई ध्यानाकर्षण पत्र बुझाएको बताए । निर्वाचन समितिका सदस्य डा. बिष्णुप्रसाद लम्सालले सहमतिमा जोड दिइएकाले उम्मेदवारी माथिको दावी बिरोध गर्ने प्रकृया अबलम्बन हुन नसकेको स्वीकार गरे ।

प्रतिनिधि छनौट प्रकृया अबैध भएको भन्दै एमाले गण्डकी प्रचार बिभाग सदस्य विद्रोही गिरी, युवा संघका केन्द्रीय सदस्य मदन गिरी, मजदुर नेता हुमबहादुर गुरुङ र अधिवक्ता भुपेन्द्र खनालले जिल्ला, प्रदेश र संघीय कमिटीहरुलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

केन्द्रीयसदस्यद्वय तिलक महत, रविन्द्र अधिकारी र जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले ध्यानाकर्षण पत्र बुझेपनि कुनै प्रतिक्रिया नदिएको यूवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर