तिलोत्तमा १० वटा सहकारी मर्ज – Nepal Press

तिलोत्तमा १० वटा सहकारी मर्ज

रुपन्देही । रुपन्देहीको तिलोत्तमाका १० वटा सहकारी संस्थाहरु मर्ज (एकीकृत) भएर सबैको वचत तथा ऋण सहकारी बनाइएको छ ।

एकीकरणपछि सहकारीको शेयर पुँजी ९ करोड ५७ लाख ४२ हजार ६ सय रुपैयाँ, वचत रकम ७० करोड ७५ लाख १८ हजार ९१६ रुपैयाँ, जगेडा कोष रकम १ बरोड ५० लाख ६८ हजार ७ सय २६ रुपैयाँ र अन्य कोष ८२ लाख ८२ हजार ९९६ रुपैया रहेको तथा शेयर सदस्य संख्या ५ हजार एक सय ७७ जना र सेवा केन्द्र ११ रहेका छन् ।

सहकारीको कार्य क्षेत्र तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका र ओमसतिया गाउँपालिका रहेको छ ।मर्ज भएको संस्थाको प्रारम्भिक साधारणसभाले भरत भुसालको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा चुरामणि पाण्डेय, सचिवमा देवानन्द पाण्डेय,कोषाध्यक्षमा मीरा बस्याल पाण्डे निर्वाचित भएका छन् । यस्तै सञ्चालक समिति सदस्यहरुमा चक्रपाणी पाठक, चन्द्रकुमारी थापा, देवकला भट्टराई,देवप्रसाद गुरुङ, विष्णुप्रसाद पाण्डे, विष्णुु प्रसाद भण्डारी, विष्णुबहादुर बराल, डा. मुरारि पराजुली, सुकबहादुर नेपाली र हिमकला ओस्ती निर्वाचित भएका छन् ।

यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा हरिप्रसाद न्यौपाने तथा सदस्यहरुमा ऋषिराम भण्डारी र रामचन्द्र पाण्डे चयन भएका छन् ।
अध्यक्ष भरत भुसालले तिलोत्तमा क्षेत्रमा छरिएर रहेका सहकारी संस्थाहरुलाई एकीकरण गरी सुदृढ र सबल संस्था बनाउने उद्देश्यले १० वटा सहकारीलाई एकीकरण गरिएको बताए ।

संस्थाले चार वर्षे रणनीतिक योजना बनाई शेयर सदस्यको माग र आवश्यकता अनुसार संस्थाले वित्तीय सेवा दिने उनले बताए । उनले संस्थाले थालेको एकीकरण अभियानलाई अझ विस्तार गरी प्रदेशकै बलियो र नमूना सहकारी बनाउन सुझाव आएको बताए ।

कोषाध्यक्ष मानकुमारी श्रेष्ठले चालु आर्थिक वर्षमा उद्योगमा २० करोड, कृषि र पशुपालनमा ७ करोड, ब्यापार व्यवसायमा ६० करोड, आवास तथा जगा कर्जामा ८० करोड र निक्षेप कर्जामा ८ करोड गरी कूल एक अर्ब ७५ करोड रुपैयां ऋण लगानी गर्ने गरी वार्षिक वजेट तय भएको बताइन् । संस्थाले पहिलो वर्षमै १ करोड २९ लाख ४२ हजार रुपेयां शुद्ध मुनाफा आर्जन गरेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर