कांग्रेसका नगर सभापति र सचिव आफ्नै वडामा पराजित – Nepal Press

कांग्रेसका नगर सभापति र सचिव आफ्नै वडामा पराजित

कैलाली । कांग्रेसका नगर सभापति र सचिव आफ्नै वडामा पराजित भएका छन् । जिल्लाको गोदावरी नगरपालिकामा सम्पन्न क्षेत्रीय प्रतिनिधिको निर्वाचनमा वडा नम्बर १ बाट नगर सभापति हेमप्रकाश उप्रेती र नगर सचिव तेज खड्का पराजित भएका हुन् ।

एक नम्बर वडामा कांग्रेस दुई प्यानल बनाएर चुनावमा होमिएको थियो। कांग्रेस सभापति शेर बहादुर देउवा निकट रहेका दुवै प्यानल स्थानीय स्तरमा भने फरक फरक व्यक्तिले नेतृत्व गरेका थिए ।

शिवराज जोशीको पुरै प्यानल विजयी भएको छ । सोही समूहका उम्मेदारहरु क्षेत्रीय प्रतिनिधि र नगर प्रतिनिधिमा विजयी भएका छन् । जोशी इतर समूहबाट क्षेत्रीय प्रतिनिधिमा लोकराज पाण्डेले मात्रै जित हासिल गरेका छन् ।

उक्त वडामा कांग्रेसका झन्डै ३ सय क्रियाशील सदस्य रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर