पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङलाई – Nepal Press

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङलाई

काठमाडौं । चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै पहिलो भए ।

दोस्रो र तेस्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पूरा गरे । चौथो र पाचौ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् ।

महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भइन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । सिन्धुपाल्चोककी नितु तामाङले निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्ड मा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन् । तेस्रो, चौँथो र पाँचौ स्थान क्रमश प्युठानकी संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पारे ।

त्यस्तै सिन्धुपाल्चोकको सहभागीतर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन यसियाली म्याराथनका स्वर्ण विजेता वैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।

जिल्लाको थाङ्पाल गाउँपालीकाको रैथानेश्वरीदेखि सुरु २१ किलोमिटरको म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरी बाट सुरु भएको हो ।

पर्यटन प्रवर्द्धनका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद सदस्य सचिव सुर्यलाल भन्डारीले बताए ।

पुरुष तथा महिला म्याराथन विजेताहरूले क्रमश पचास हजार, तीस हजार, बीस हजार, दश हजारका साथ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । जिल्लाकै गौरब बोकेको पर्यटकीय स्थल पाँचपोखरीलाई खेलकुद मार्फत जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको गाउँपालिका अध्यक्ष टासि लामाले बताए ।

म्याराथनलाई आगामी वर्षहरूमा थप स्तरवृद्धि गर्दै अन्तराष्ट्रिय स्तरको आयोजना गर्ने खेलकुल परिषद्ले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर