५ सय करोडको लगानीमा खुल्यो ‘हायात प्लेस’ – Nepal Press

५ सय करोडको लगानीमा खुल्यो ‘हायात प्लेस’

काठमाडौं । काठमाडौंमा ५ सय करोडको लगानीमा ‘हायात प्लेस’ होटल खुलेको छ । काठमाडौंको सोल्टीमोडस्थित ताचलमा गोल्यान समूहको लगानीमा हायात प्लेस सञ्चालनमा आएको हो । हायातको चेन अफ होटलको रुपमा हायात प्लेस खुलेको हो ।

होटलको भवन १४ तला अग्लो विल्डिङ रहेको छ । सो होटलमा तीन स्वीट्स रुम सहित ७ सिट आउट ट्यरिस् रुम र १ सय ५३ गेष्ट रुमहरु रहेको होटलले बताएको छ । होटलमा जिम हल, स्पा, स्विमिङ पुल लगायतका अन्य सुविधाहरु रहेको छ ।

होटल आगामी कात्तिक २९ गते औपचारिक रुपमा सञ्चालनमा आउने कम्पनीले बताएको छ । गोल्यान समूहले सुरुमा अपार्टमेन्टका लागि भनेर भवन निर्माण गरेको थियो । तर कोरोनाको कारणले भवन ५ चारे होटल सञ्चालनमा आउन लागेको हो । कोरोनाको समयमा अपार्टमेन्ट व्यवसायमा प्रभावमा परेकाले गोल्यान समूहले अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले कोरोनाको कारणले अपार्टमेन्टबाट ५ तारे होटलमा परिनत भएको बताए । २ वटा भवन मध्य एउटा भवनामा भने गोल्यान समूहको ४ वटा अपार्टमेन्ट रहेको अध्यक्ष गोल्यानले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर