भेन्चुरिनीले मनायाे पहिलाे वार्षिकाेत्सव – Nepal Press

भेन्चुरिनीले मनायाे पहिलाे वार्षिकाेत्सव

काठमाडौं । भेन्चुरिनी सुज नेपालले शनिबार पहिलो वार्षिकोत्सव मनाएको छ ।

भेन्चुरिनी सुज नेपालले दरबार मार्गस्थित वान दरबार मलको भूई तलमा रहेको शोरुममा पहिलो वार्षिकोत्सव मनाएको हो । सो क्रममा चर्चित पत्रकार ऋषि धमला र उनकी पत्नी नायिका एलिजा गौतमले संयुक्तरूपमा केट काटेका थिए ।

पहिलो वार्षिकोत्सव कार्यक्रममा बोल्दै पत्रकार धमलाले एक वर्षमा भेन्चुरिनी सुजले नेपालमा राम्रो छवि बनाएको बताए । राम्रो ब्राण्ड भित्र्याएकोमा आभार व्यक्त गर्दै धमलाले अझै उत्कृष्ट बनाउन भेन्चुरिनी सुजलाई आग्रह गरे ।

नायिका गौतमले भेन्चुरिनी सुजको आफू पनि प्रयोगकर्ता रहेको जानकारी दिँदै सफलताको शुभकामना व्यक्त गरिन् ।

भेन्चुरिनी सुज नेपालका सञ्चालक सुदीपचन्द्र बख्रेलले नेपाली ग्राहकलाई लक्षित गर्दै थप स्तरीय सामान ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले नेपाली ग्राहकलाई सन्तुष्ट बनाउँदै भेन्चुरिनी सुजले नेपालभरि शाखा विस्तार गर्ने तयारी गरेको जानकारी दिए ।

भेन्चुरिनी सुजले पहिलो वार्षिकोत्सवको अवसरमा नेपाल आदर्श माविमा अध्ययनरत रजिन मगरलाई एक वर्षका लागि छात्रवृति प्रदान गरेको छ ।

भेन्चुरिनीका लागि एक मात्र आधिकारीक विक्रेता नव सम्बृद्धि इन्टरप्राइजेज हो । यसको शाखा र उत्पादन देशभर पुर्याउने लक्ष्य रहेको सञ्चालन सुदीपचन्द्र बख्रेलले जानकारी दिए ।

भेन्चुरिनी सुजले पहिलो वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि प्रत्येक सामानमा २५ प्रतिशतसम्मको छुट दिएको छ । भेन्चुरिनी सुज नेपालले जुत्ता, व्याग, बेल्ट, पर्सलगायत यूरोपियन ब्राण्डको सामाग्रीहरु विक्रि गर्दै आएको छ । ब्राण्ड मन पराउने महिला पुरुष ग्राहकका लागि जुत्ता, व्याग, बेल्ट, पर्सलगायत उपलब्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर