प्रेसर बढेपछि प्रचण्ड अस्पताल भर्ना – Nepal Press

प्रेसर बढेपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

छोरी गंगा दाहालले विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापले रक्तचाप बढ्न गएको र अस्पताल भर्ना भएको बताइन् ।

‘कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष कमरेड प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको हो,’ दाहालले समाजिक संजालमार्फत जानकारी गाराउँदै भनेकी छिन्, ‘अहिले अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार केही घण्टा आराम गराई ‘डिस्चार्ज’ गरिने छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर