पार्टीनिकट पत्रकारलाई माधव नेपालको निर्देशन- साँझ नपर्दै भट्टी छिर्ने बानी आजैबाट त्याग्नुस् (भिडिओ) – Nepal Press

पार्टीनिकट पत्रकारलाई माधव नेपालको निर्देशन- साँझ नपर्दै भट्टी छिर्ने बानी आजैबाट त्याग्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साँझ नपर्दै होटल र भट्टी चाहार्ने बानी त्याग्न पार्टी निकट पत्रकारहरुलाई निर्देशन दिएका छन् ।

नेकपा एस निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले साँझ पर्ने वित्तिकै होटल धाउनैपर्ने र रक्सी नखाई निद्रै नलाग्नेहरुको बारेमा आफूले जानकारी राख्ने बताएका हुन् ।

नेपालले भने–अस्ति सर्लाही जाँदा त्यहाँ सुनेँ,गर्मी महिनामा साढे सात बजे र जाडो मौसममा साढे पाँचै बजे होटलमा जम्मा हुने गर्छन् । टेबुलभरी बोतल र गिलास ठोकाठोक गर्ने अनि घरमा गएर झगडा गर्ने कुन पार्टीका मान्छे हुन् ? यो प्रश्न तपाईहरुलाई पनि उठेको छ । यस्तो बानी छ भने त्याग्नुस् । मैले थाहा पाएँ भने सहन्नँ ।

अध्यक्ष नेपालले रक्सीले मान्छेको आयु घटाउने र घर कलह तथा समाजमा विकृति हुने भन्दै कतिपय मान्छेमाा विहानैदेखि रक्सी नखाई नहुने लत रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर