समाजवादी प्रेस संगठनमा विवाद, माधव नेपाल सहभागी कार्यक्रम बहिस्कार गरेर बाहिरिए नेताहरु – Nepal Press

समाजवादी प्रेस संगठनमा विवाद, माधव नेपाल सहभागी कार्यक्रम बहिस्कार गरेर बाहिरिए नेताहरु

काठमाडौ । नेकपा एसनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई संस्थापक नेता तथा सो संगठन आवद्ध क्रियाशील पत्रकारले बहिस्कार गरेर बाहिरिएका छन् ।

तत्कालीन एमालेनिकट प्रेस चौतारीका उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत विभिन्न पदबाट विद्रोह गरेर नेकपा एसमा लागेका पदाधिकारी र सदस्यहरुले नेतृत्व चयनमा एकलौटी गरेर वास्तविक पत्रकारलाई बेवास्ता गरिएको भन्दै बहिस्कार गरेका हुन् ।

राजधानी काठमाडौंको अर्पण पार्टी प्यालेसमा जारी भेलालाई विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन, जीवन विसी, रामकुमार शाही, भवानी कार्की, तेजप्रसाद वाग्लेलगायतले बहिस्कार गरेका हुन् ।

सुवेदी र साउद चौतारीको उपाध्यक्ष थिए भने एलन उपमहासचिव थिए । चौतारीबाट विद्रोह गरेका नेताहरुले शम्भु श्रेष्ठलाई अध्यक्ष माने पनि वरिष्ठ उपाध्यक्षमा विश्वमणि सुवेदी, दोस्रो वरियताको उपाध्यक्षमा नरेन्द्र साउद र महासचिवव रामकुमार एलनलाई प्रस्ताव गरेका थिए ।

यसअघि चौतारीको सचिव रहेका अमृत तिमल्सिना नेकपा एसको केन्द्रीय सदस्यको हैसियतमा मन्चमा बस्दा उनीभन्दा सिनियरहरुलाई अपमान गरेर संगठनमा क्रियाशील नै नभएका व्यक्तिलाई अघि सारिएपछि बहिस्कार गरिएको उनीहरुले बताएका छन् ।

समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ र महासचिवमा भुपराज खड्काको नाम घोषणा हुन लागेपछि साविक चौतारीका पदाधिकारीले बहिस्कार गरेर बाहिरिएका हुन् ।

घोषणासभालाई अध्यक्ष माधव नेपाल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायतले सम्बोधन गरेका छन् ।


प्रतिक्रिया

One thought on “समाजवादी प्रेस संगठनमा विवाद, माधव नेपाल सहभागी कार्यक्रम बहिस्कार गरेर बाहिरिए नेताहरु

  1. संसद विघटन र पार्टी विभाजनका सन्दर्भमा श्रमिकहरुको धारणा
    १. पृष्ठभूमि ः
    क. प्रतिनिधि सभाको २७५ स्थानको लागि २०७४ साल मंसिर २१ गते भएको निर्वाचनमा तात्कालिन नेकपा एमाले (१२१) र नेकपा माओवादी केन्द्र (५३) बीचको चुनावी गठबन्धनका उमेद्धवारहरुले १७४ स्थानमा जित हाँसिल गर्दै २०७४ साल फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेकाथिए । दुईतिहाई नजिकको बामपन्थि सरकार निर्माण भएको त्यो दिनलाई हामीले समाजवाद स्थापनाको शिलान्यासको दिनका रुपमा लिएका थियौं ।
    ख. दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दै गर्दा दक्षिण एशियामै ठुलो र शक्तिशाली कम्युनिष्ठ पार्टी निर्माण भएको थियो । र त्यो दिन सर्वहारा श्रमजीवी जनताले समृद्ध, सिर्जनशिल र सुखी जीवनको परिकल्पना गर्दै छाती गर्विलो बनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको कुनै धाराले नदिएको अधिकार प्रयोग गर्दै २०७७ साल पुस ५ गते संसद विघटन गरेपछि देश प्रतिगमनको संकटमा परेको छ । समाजवाद र समृद्धिको सपना अंकुराउन नपाउदै नेकपा दुई चिरामा विभाजित भएको छ । लोकतान्त्रिक व्यवस्था नै संकटमा परेको छ यस्तो समय हामी श्रमिकहरु निम्नानुसारका साझा धारणा प्रस्तुत गर्दछौं ।
    २. व्यवस्थापिक संसद ः तपाँई हाम्रो तीनपुस्ताले बगाएको रगत पसिना र बलिदानीबाट प्राप्त लोकतन्त्रको जगमा निर्माण भएको संविधाननको मर्म अनुसार जनताको मतद्धारा पाँच वर्षका लागि निर्वाचित अंग हो । संविधानको धारा ७६ को ७ मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको शिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ भन्ने व्यवस्था रहेकाले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार दिएको छैन । धारा ८५ ले प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ भन्ने व्यवस्था गरेकाले संसदको समय अझै २ वर्ष बाँकी रहेकै अवस्थामा प्रधानमन्त्रीको यो कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, जनअभिमतविपरित र प्रतिगामी छ ।
    ३. पात्र र प्रवृति ः संसद विघटन गरेर अहिलेसम्मको आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । यो कदम प्रधानमन्त्रीको हैसियतमा अरु जोकोही नेताले गरेको भएपनि यो अक्षम्यर अस्विकार्य अपराध हो । अर्थात कुनै पात्रको विरोध होईन यो प्रवृतिको विरोध हो ।
    ४. पार्टी एकता र विभाजन ः पार्टी एकता ऐतिहासिंक घटना थियो, पार्टी विभाजन विर्सन नसकिने दुर्घटना बन्यो । पार्टीका सदस्य, नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुका अनुभव र समग्र घटनाक्रमलाई नियाँल्दा यो दुबै काममा पार्टी अध्यक्ष र प्रधानमन्त्री रहेकाले कमरेड केपी शर्मा ओली जिम्मेवार छन् । कुनै पनि बहानालाई अघिसारेर पार्टी फुटलाई सहि करार गराउन खोज्ने र फुटको कारक अरुलाई देखाउन खोजिएपनि फुटको दोष ओलीले लिनु पर्छ । पार्टी फुटमा ओली बढी जिम्मेवार छन् । साथै घर झगडाको बहानामा करिव दुई तिहाईको समर्थन प्राप्त प्रधानमन्त्रीले संविधानमा कहीँकतै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने कार्य किमार्थ स्विकार्न सकिदैन ।
    ५. हाम्रो साझा अभिमत ः
    क. संसद विघटन असंवैधानिक, जन विरोधी तथा दुर्भाग्यपूर्ण कदम हो । यस्ता सनकी, अहंकारी र बालहठी कदमको समर्थन गर्न सकिदैन, गलत कामलाई साथ दिन सकिदैन । लोकतन्त्र, परिवर्तन र न्यायको गीत घन्काउने हाम्रा मुखहरुले प्रतिगामी कदम र जनविरोधी तत्वको पक्षमा नारा लगाउन सकिदैन, किमार्थ हुँदैन । सरकारको राम्रो कामको समर्थन र गलत कामको विरोध गर्ने हाम्रो घोषित नीति भएकाले सम्पूर्ण श्रमजीवी श्रमिक वर्ग यो गलत कदमको विरोध गर्नु पर्दछ । प्रधानमन्त्री ओलीको यो प्रतिगामी कदमको विरुद्धमा संविधानविद, बुद्धिजीवी, नागरिक समाज, प्राध्यापक, कलाकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी, डाक्टर ईन्जिनियर, पेशा व्यवसायीहरु, विभिन्न राजनीतिक दलहरु र आम सचेत नेपालीजनता सडक संघर्षमा छन् । अर्थात आमजनता यो कदमको विपक्षमा रहेका छन् । तसर्थ हामी सम्पूर्ण श्रमिकहरु यो कदमको विरुद्धमा उभिनु पर्दछ ।
    ख. माक्र्सवाद, लेनिनवादभनेको सर्वहारा मजदुर वर्गको मुक्तिको सिद्धान्त हो । त्यही दर्शनको अध्ययनले हामी कम्युनिष्ट भएकाहौँ, व्यक्तिलाई हेरेर होईन । तसर्थ हरेक नेताको काम र व्यवहारलाई सिद्धान्तको कसीमा दाँजेर गुण र दोषका आधारमा समर्थन र विरोध गर्नु पर्दछ । तसर्थ प्रधानमन्त्री ओलीको कार्यशैली, व्यवहार, काम र प्रवृति गैर कम्युनिष्ट, श्रमजीवी विरोधी छ । यो प्रवृति अधिनायकवादी छ यस्ता कदमहरुका विरुद्ध संसारका सर्वहारा श्रमजीवी वर्गले क्रान्तिगर्दै आईरहेको ईतिहाँस छ । नेपालका श्रमिकहरुले एक पटक फेरी अधिनायकवाद विरुद्ध कम्मर कसेर संघर्षमा लाग्नु पर्ने समय आएको छ ।
    ग. सिद्धान्ततः कम्युनिष्ट पार्टी श्रमिकहरुको पार्टी हो । कम्युनिष्ट हुन दर्शन, सिद्धान्त, विचारधारा, विधि र पद्धतिप्रति समर्पित हुनुपर्दछ । यी कुराहरु कमरेड केपी ओलीमा पाईदैन । आचरण, कार्यशैली, नैतिकता र व्यवहारका हिसावले पनि कमरेड केपी ओलीमा कम्युनिष्टमा हुनु पर्ने गुणहरु पाईदैन । यसर्थ ओलीले नेतृत्व गर्ने पार्टी श्रमिकको पार्टी हुनै सक्दैन । श्रमजीवी जनताको मुक्ति र समाजवाद तर्फको लक्ष्य पुरा गर्न सक्ने पार्टी बन्न सक्दैन । श्रमजीवी जनताले त्यस्ता पार्टीलाई साथ दिनु जरुरी छैन ।
    ६क. अब के गर्ने ः
    क. प्रतिनिधि सभा पुनरस्थापना र असंवैधानिक तथा प्रतिगामी कदम विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सञ्चालनगर्ने आन्दोलनमा सरिक हुने ।
    ख.केन्द्रदेखि तल्लो तहको कमिटीसम्म असंवैधानिक कदमका बारेमा प्रशिक्षणहरु सञ्चालन गर्ने ।
    ग. घटक युनियनहरुले आफ्नो संगठन सुदृढिकरण अभियान सञ्चालन गर्दै कमिटीहरुलाई व्यवस्थित गर्ने, श्रमिकहरुका मुद्धाहरु (सामाजिक सुरक्षा, श्रम कानुन) का बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर