नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै – Nepal Press

नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक बस्दै छ । बैठक शनिबार बिहान ११ बजे ललितपुरस्थित हेरिटेट पार्टी प्यालेसमा बस्ने छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले आज र भोलि चल्ने बैठकका एजेण्डा तय गरेको थियो । बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्यबारे बैठकलाई जानकारी गराउने छ ।

त्यस्तै पछिल्ला घटनाक्रमबारे नेकपा एसले आफ्नो धारणा पनि सार्वजनिक गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर