माओवादीले स्थानीय समितिका पदाधिकारीको संख्या बढायो, सदस्यता नवीकरणको समय नथपिने – Nepal Press

माओवादीले स्थानीय समितिका पदाधिकारीको संख्या बढायो, सदस्यता नवीकरणको समय नथपिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय पार्टीको स्थानीय समितिको पदाधिकारी संख्या बढाउने भएको छ। शुक्रबार भर्चुअल माध्यममा बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै पदाधिकारी संख्या बढाउने निर्णय गरेको हो ।

केन्द्रीय सदस्य युवराज दुलालले अब गाउँपालिका र नगरपालिका समितिमा ७ जना पदाधिकारी रहने गरि विधान संशोधन गरिएको जानकारी दिए। माओवादीको विधानमा यसअघि स्थानीय समितिमा ५ जना पदाधिकारी हुने व्यवस्था थियो। अब त्यसलाई स्थानीय समितिमा अध्यक्ष- १, उपाध्यक्ष- ३, सचिव- १, सहसचिव- १ र कोषध्यक्ष- १ गरि ७ पदाधिकारी हुने छन् । त्यस्तै जिल्ला समन्वय समितिमा पालिकाका अध्यक्ष, उपाध्यक्ष र सचिव पनि रहने छन् ।

संगठित सदस्यता नवीकरणको समय भने नथपिने दुलाले बताए। ‘धेरैको माग केही दिन यसलाई थप्नुपर्‍यो भन्ने छ,’ नेपाल प्रेससँग उनले भने, ‘संगठन विभागले अहिले रोकेको हुनाले अर्को निर्णय नआएसम्म नवीकरण गर्ने समय थप हुँदैन ।’

माओवादीले आगामी पुस ११-१३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ । त्यसका लागि संगठित सदस्यता नवीकरण अभियान चलाइएको थियो। नवीकरण गर्ने समय अपुग भएकाले समय लम्ब्याउनुपर्नेमा धेरैको जोड थियो।

दुलाले आजसम्म नवीकरण गरेका हार्डकपीलाई मान्यता दिने र त्यसलाई अनलाइनमा इन्ट्री भने पछिसम्म पनि गर्न सकिने निर्णय भएको बताए। माओवादीले संगठित सदस्यता ६ देखि ८ लाख सम्मले नवीरकण गरेको र त्यसको एकीन हिसाब आउन बाँकी रहेको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर