जेलमै बिहे गर्न विकिलिक्स संस्थापक असान्जेलाई अनुमति – Nepal Press

जेलमै बिहे गर्न विकिलिक्स संस्थापक असान्जेलाई अनुमति

लन्डन । विश्वचर्चित विकिलिक्सका संस्थापक जुलियन असान्ज अहिले लन्डनको बेलमार्स जेलमा छन् । उनलाई लामो समयदेखि बाहिर निकाल्ने प्रयास भैरहनेपनि सफलता मिलेको छैन ।

तर, अब भने उनलाई एउटा खुशि भने मिल्ने भएको छ । उनलाई आफ्नी प्रेमिका स्टेला मरिससँग जेलभित्रै बिहे गर्न अनुमति मिलेको छ ।

उनी सन् २०१९ देखि लन्डनस्थित जेलमा छन् । अमेरिकी कानुन विभागले उनलाई मानसिक सन्तुलन खराब भएका कारण उनी आत्महत्या गर्ने आशंकामा उनलाई अमेरिका जान रोक लगाइएको हो ।

असान्जे र स्टेलाको प्रेमकथा संसारबाट लुकेको थियो । दुई वर्ष पहिले उनले आफ्नो प्रेम संसारलाई बताएका थिए । लन्डनस्थित इक्वेडरको दूतावासमा नजरबन्दमा रहेपनि अष्ट्रेलियाली नागरिक समेत रहेका असान्जे ५ वर्षदेखि मरिससँग सम्बन्धमा थिए । सन् २०१२ देखि असान्जे इक्वेडरको दूतावासमा शरण लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर