भिमबहादुर विक मृत्यु प्रकरणः पक्राउ परेका दुई अभियुक्त कारागार चलान – Nepal Press

भिमबहादुर विक मृत्यु प्रकरणः पक्राउ परेका दुई अभियुक्त कारागार चलान

चितवन । भिमबहादुर विक मृत्यु प्रकरणमा पक्राउ परेका २ जना कारागार चलान भएका छन् । असोज २८ गते महानवमीका दिन कुटपिटबाट भरतपुर महानगर–४ का ५८ वर्षीय भिमबहादुरको ज्यान गएको थियो । जिल्ला अदालत चितवनका स्रेस्तेदार र्इश्वर आचार्यले आजको थुनछेक बहसले थप अनुसन्धानका लागि उनीहरुलाई कारागार चलान गरिएको बताए ।

सिताराम बस्नेत र दिलिप श्रेष्ठ कारागार चलान भएका हुन् । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको हो । बस्नेतले पाइपले र पल्लवी फार्मेसीका सञ्चालक दिलिप श्रेष्ठले मुक्का हानेपछि उनी पीच सडकमा ढलेका थिए । टाउकोमा चोट लागेका भीमबहादुरको अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।

घर नजिकैको दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्ने अडान लिएपछि उनीमाथि जातीय विभेद गर्दै कुटपिट भएको भन्दै अधिकारवादी संगठनहरु आन्दोलित बनेका थिए ।

कारागार चलान भएकाहरुलाई कर्तव्य जानसम्बन्धी मुद्दा लगाइएको हो । मृतक भिमबहादुरको परिवारले न्याय नपाएको भन्दै अझै शव बुझेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर