सेमिफाइनलको अघिल्लो रात अस्पतालमा थिए ‘वारियर’ रिजवान – Nepal Press

सेमिफाइनलको अघिल्लो रात अस्पतालमा थिए ‘वारियर’ रिजवान

काठमाडौं । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले बिहीबार राति भएको आईसीसी टी–२० विश्व कपको सेमिफाइनलमा अस्ट्रेलिाविरुद्ध ६७ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए ।

यद्यपि, सेमिफाइनलको अघिल्लो रात बिरामी भएर अस्पताल पुगेका रिजवानले खेल्ने/नखेल्ने अनिश्चित थियो ।

तर, उनी अन्ततः टोलीमा परेका रिजवानले पहिलो इनिङमा ब्याटिङ गरेपछि प्रभावशाली प्रदर्शनसमेत गरे । पाकिस्तानका मुख्य प्रशिक्षकले रिजवानको प्रदर्शन शानदार भएको प्रशंसासमेत गरेका थिए ।

‘रिजवान्, तपाईलाई थाहा नहोला, उनी गएराति फोक्सोको समस्याका कारण अस्पतालमा थिए । उनी एक ‘वारियर’ हुन्,’ हाइडेनले भने, ‘उनी प्रतियोगितामा उत्कृष्ट रहे । उनी बाबर आजम जस्तै शाहसी छन् । आजको रात उनको पक्षबाट उत्कृष्ट थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर