रिक्त रहेका देशमा राजदुत नियूक्त गर्ने सरकारको तयारी, उपाध्यायको सम्भावना बलियो – Nepal Press

रिक्त रहेका देशमा राजदुत नियूक्त गर्ने सरकारको तयारी, उपाध्यायको सम्भावना बलियो

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेपछि राजनितिक नियुक्तीमा फेर बदल भईरहेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले गरेका नियुक्ती खारेजी गर्दै गठबन्धको सरकारले नयाँ नियुक्ती प्रक्रिया थालेको छ ।

बिभिन्न राष्ट्रका लागि नियूक्त भएका राजदुत फिर्ता बोलाएर सरकारले नयाँ राजदुत सिफारिस गर्ने भएको छ । सरकारले यसअघि भारत, अमेरिका र बेलायतमा नयाँ राजुदत खटाएको छ भने बाँकी देशहरुमा नयाँ व्यक्ती खटाउने तयारी गरेको छ ।

भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिसकेको छ । सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो । अब चीन लगायत अन्य देशका राजदूत नियुक्त हुने बताइएको छ ।

चीनको लागि नेपाली राजदूतमा चिनबाटै अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका सभामुख अग्नि सापकोटाका छोरा रुपक सापकोटालाई पठाउनेबारे छलफल भइरहेको माओवादी स्रोतले जनाएको छ । चीनमै भूराजनीतिको विषयमा अध्ययन गरेका सापकोटाले कात्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । युवा कुटनीतिज्ञ सापकोटाले चीनको रेनमिन विश्वविद्यालदययबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् ।

कांग्रेसले भने आफ्नो कोटाबाट केही नयाँ अनुहार पठाउने सम्भावना रहेको छ । राष्ट्रिय योजना आयोगमा युवा पुस्ताका डा विश्व पौडेललाई पठाएर सरकारको प्रशंसा पाएकोमा अहिले राजदुतमा पनि युवाबाट सक्षम र क्षमता भएका लाई मौका दिने सम्भावना बलियो देखिएको छ । राजदुत नियुक्तीका लागि गृह कार्य भईरहेको प्रधानमन्त्री कार्यालय श्रोतको भनाई छ ।

गठबन्धनको सरकार भएका ति दलले आफ्नो पार्टीबाट नाम सिफारिस गर्ने र त्यहि आधारमा नयाँ राजदुत नियूक्त गरिने भएको हो ।

डा. उपाध्यायको सम्भावना बलियो

कांग्रेसले सुदूरपश्चिमको दुर्गम जिल्ला अछामलाई यसपटक स्थान दिने सम्भावना देखिएको छ । अछाममा जन्मिएका डा. जितु उपाध्यायलाई राजदुत बनाउने सक्ने आकलन गरिएको छ । विभिन्न देशमा अध्ययन र अध्यापन गरेका डा. उपाध्याय पार्टी भित्र पनि निकै सक्रिय रहेका कारण उनलाई राजदुतमा पठाउन सक्ने बढी सम्भावना रहेको बुझिएको छ ।

रसिया, बंगलादेश र कोरियामा अध्ययन गरेका डा. उपाध्याय पार्टी राजनितिसंगै कुटनितिक क्षेत्रमा समेत दख्खल राख्ने मान्छे भएका कारण उनको सम्भावना बढी रहेको कांग्रेस नेताको बुझाई छ । डा. उपाध्याय क्यानडाको जनसम्पर्क समितीमा उप-सभापती पदमा रहेर काम गरिरहेका छन् भने कांग्रेसको १३ औँ महाधिबेनमा क्यानडाबाट महाधिबेशन प्रतिनिधी समेत हुन् ।

नेविसंघको स्कुल ईकाईबाट राजनितिमा सक्रिय रहेका डा. उपाध्ययाय २०६२ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सदस्य निर्वाचित भएर काम गरेका थिए । २०६२/६३ को जनआन्दोलनमा समेत अग्रपंक्तीमा रहेर काम गरेका उपाध्ययाले कोरियामा समेत जनसम्पर्क समितीमा समेत काम गरेका थिए ।

सरकारी छात्रवृतिमा छनौट भई अध्ययन गरेका डा. उपाध्यायले द कोरिया बाट खाध्य प्रविधीमा विधाबारधी गरेका छन् । रसियामा खाध्य प्रविधीमा स्नातकोत्तर गरेको उपाध्यायले बंगलादेशबाट जनस्वास्थ्यमा समेत स्नाक्तोत्तर गरेका छन् ।

हाल क्यानाडामा रहेका डा. उपाध्याय विभिन्न देशमा गएर अनुसन्धान र ज्ञान प्रस्तुत गरिसकेका छन् । उनलाई सुदुरपक्षिमको मात्र नभई देशकै निकै सम्भावना बोकेको र देशलाई केहि गर्न सक्ने युवाको रुपमा हेरिएको छ । रसिएन, कोरियन, अंग्रेजी, हिन्दी, बंगाली भाषा उनको राम्रो दक्खल रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर