वागमतीमा मन्त्रिपरिषद् विस्तार, अर्थमा जमरकट्टेल र स्वाथ्यमा लामा – Nepal Press

वागमतीमा मन्त्रिपरिषद् विस्तार, अर्थमा जमरकट्टेल र स्वाथ्यमा लामा

काठमाडौं । वागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जमरकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

जमरकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ समेत लिएका छन् ।

११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले पहिलो चरणमा ४ जनाको मन्त्रिमण्डल बनाएका थिए । यसअघि नै सामाजिक विकास मन्त्रीमा माओवादी केन्द्रकी कुमारी मोक्तान, आन्तरिक मामिला तथा कानून मन्त्रीमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेसका कृष्णलाल भँडेल नियुक्त भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर