रक्सी खाएर होहल्ला गर्ने कांग्रेस गाउँ समिति सभापति पक्राउ – Nepal Press

रक्सी खाएर होहल्ला गर्ने कांग्रेस गाउँ समिति सभापति पक्राउ

कपिलवस्तु । रक्सीले मातेर होहल्ला गर्ने नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवले विजयनगर गाउँपालिका- ६ खरेनी चोकमा स्थानीयसँग झगडासमेत गरेको प्रहरीले जनाएको छ ।

पदको धम्की दिँदै झगडा गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार राति ९ बजेतिर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगेपछि ड्युटीमा खटिएका प्रहरीलाई समेत उनले अभद्र व्यवहार गरेका थिए । यादवले प्रहरी निरीक्षक रणबहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागेपछि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा पुराएको थियो।

प्रहरीले राजनीतिक दबाबका कारण उनलाई एक घण्टाभित्रै हिरासतमुक्त गरेको थियो । यादवलाई नियन्त्रणमा लिई छाडेको प्रहरी निरीक्षक विष्टले स्वीकार गरेका छन् ।

पक्राउ परेका यादव नेपाली कांग्रेसको असोजमा सम्पन्न गाउँ अधिवेशनबाट गाउँ समिति सभापतिमा विजयी भएका थिए । उनी गौतम बुद्ध साझेदारी वनका अध्यक्षसमेत हुन् ।

घटनाको विषयमा सभापति यादवसँग सोधपुछ गर्दा गलत आरोपमा फसाएको दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर