भक्तपुरका विसुंखे बने एमालेको पहिलो महाधिवेशन प्रतिनिधि – Nepal Press

भक्तपुरका विसुंखे बने एमालेको पहिलो महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया चलिरहेका बेला भक्तपुरका दिपक विसुंखे पहिलो महाधिवेशन प्रतिनिधि बनेका छन् ।

सुर्यविनायक नगरपालिकाका विसुंखे समावेशी क्षेत्र (दलित)बाट सर्वसम्म रुपमा महाधिवेशन प्रतिनिधि चयन भएको एमालेले जनाएको छ । एमालेको महाधिवेशन पतिनिधि छनौट कात्तिक २७ गते हुँदैछ ।

विसुंखे भने दुई दिनअघि नै सर्वसम्मत भएर पहिलो निर्वाचित प्रतिनिधि बन्न सफल भएका छन् । एमालेले प्रत्येक जिल्लाबाट एकजना दलित अनिवार्य प्रतिनिधित्व गराउँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर