एस्टोन भिल्लाको प्रशिक्षकमा जेरार्ड – Nepal Press

एस्टोन भिल्लाको प्रशिक्षकमा जेरार्ड

काठमाडौं । एस्टोन भिल्लाले लिभरपुलका पूर्व कप्तान तथा रेन्जर्सका प्रशिक्षक स्टेभेन जेरार्डलाई मुख्य प्रशिक्षकमा नियुक्त  गरेको छ। भिल्लाले आगामी ४८ घण्टाभित्र जेरार्डलाई प्रशिक्षकमा नियुक्त गर्ने भिल्लाको तयारी रहेको इङ्लिस मिडियाले यसअघि नै दाबी गरेका थिए ।

अर्को साता इन्टरनेसनल ब्रेकको समाप्तीसँगै नोभेम्बर-२० मा हुने ब्राइटनविरुद्धको खेलमा जेरार्डले प्रतिनिधित्व गर्ने आशा गरिएको थियो । यद्यपि, भिल्लाले बिहीबार नै जेरार्डलाई प्रशिक्षकको रूपमा सार्वजनिक गरेको हो ।

प्रिमियर लिगका लगातार पाँच खेलमा पराजित भएपछि भिल्लाले आइतबार मुख्य प्रशिक्षक डिन स्मिथलाई बर्खास्त गरेको थियो । बेल्जियन प्रशिक्षक रोबर्टो मार्टिनेजको बारेमा पनि भिल्लाको व्यावस्थापन कमिटिमा छलफल भएको थियो । तर जेरार्डलाई सार्वजनिक गरेसँगै त्यो हल्ला निराधार सावित भएको छ ।

लिभरपुलको भविष्यका प्रशिक्षकको रूपमा हेरिएका जेरार्डलाई एस्टोन भिल्लाले प्रशिक्षकको रूपमा सार्वजनिक गरेसँगै निकट भविष्यमा भने त्यसको सम्भावना कम देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर