सार्कलाई ब्युँताउन परराष्ट्रमन्त्री खड्का र महासचिव वीराकुनबीच छलफल – Nepal Press

सार्कलाई ब्युँताउन परराष्ट्रमन्त्री खड्का र महासचिव वीराकुनबीच छलफल

काठमाडौं । भारत-पाक सम्बन्ध र अफगानिस्तान संकटको कारण निष्क्रिय बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई ब्युँताउने विषयमा छलफल भएको छ ।

सार्क महासचिव एसला रुवान वीराकुन र परराष्ट्रमन्त्री नारायण खड्काबीच आज परराष्ट्रमन्त्रालय सिंहदरबारमा छलफल भएको हो । सार्कको अध्यक्ष राष्ट्र नेपाललाई महासचिव वीराकुनले संगठनलाई गतिशिल बनाउने नेतृत्व गर्न आग्रह गरेका थिए ।

भेटवार्तामा सार्कको पछिल्लो अवस्थाबारे छलफल भएको र रोकिएको सार्कको प्रक्रियालाई अघि बढाउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पाकिस्तानमा हुनुपर्ने सार्क सम्मेलन अहिले भारत-पाक तनाव र पछिल्लो समय अफगानिस्तान संकटले निष्क्रियजस्तै बनेको छ । सार्कको बैठक बोलाउन पनि अध्यक्ष राष्ट्र नेपालले कुनै पहल नगरेको भन्दै विज्ञहरुले आलोचना गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर