एमाले लिखु तामाकोशी गाउँपालिका कमिटीका पदाधिकारी सर्वसम्मत – Nepal Press

एमाले लिखु तामाकोशी गाउँपालिका कमिटीका पदाधिकारी सर्वसम्मत

रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला अन्तर्गत लिखु तामाकोशी गाउँपालिकाको अधिवेशनले भीमवहादुर तामाङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

यसअघि सहमति हुन नसक्दा सबै उम्मेदवार पछि नहटेपछि रोकिएको नेतृत्व चयन जिल्ला नेताहरुको पहलमा सर्वसम्मत भएको हो ।

मन्थलीमा जिल्ला इन्चार्ज कैला ढुंगेल,अध्यक्ष शान्ति पौडेल र सचिव आनन्द श्रेष्ठ,निवर्तमान पालिका अध्यक्ष उद्धब कडरिया,प्रदेश कमिटी सदस्य रत्न गौतमसहितका नेताहरुको पहलमा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ ।

कमिटीको उपाध्यक्षमा केशरवहादुर पौडेल,सचिव सुवास बोहोरा र उपसचिवमा लिलावहादुर बस्नेत तथा निङमार तामाङ चयन भएका छन् ।अध्यक्षका अर्का दाबेदार लिलावहादुर श्रेष्ठलाई गाउँपालिका कमिटीको इन्चार्ज तोकिएको छ । 
कमिटीका सदस्य भन यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर