पुटिनले डिसेम्बर ६ मा दिल्ली भ्रमण गर्ने – Nepal Press

पुटिनले डिसेम्बर ६ मा दिल्ली भ्रमण गर्ने

दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी डिसेम्बर ६ मा भारत भ्रमणमा जाने भएका छन् । एकदिने भ्रमणमा पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

उक्त भ्रमणमा दुई मुलुकबीच केही विषयमा सहमती हुने अपेक्षा छ । भारतले रुसबाट खरिद गरेको प्रतिरक्षा प्रणालीमध्ये ४०० ब्याच यसैवर्षको अन्त्यमा भारतमा पुग्दैछ ।

सन् २०१८ मा भएको वार्षिक सम्मेलनमा भाग लिन पुटिन भारत भ्रमणमा गएका थिए । सोही अवसरमा दुई देशबीच उक्त परिमाणको प्रतिरक्षा प्रणाली खरिद गर्ने सहमती जुटेको थियो ।

उनको यो भारत भ्रमण यसवर्षकै दोस्रो भ्रमण हुनेछ । यसवर्षको सुरुआतमा उनी जेनेभा शिखर सम्मेलनमा पुगेका थिए जहाँ उनको भेट अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको थियो । रुसमा कोरोना संक्रमण बढेपछि उनी इटालीमा भएको जी–२० सम्मेलनलाई भर्चुअलरुपमा सम्बोधन गरेका थिए ।

भारतले आयोजना गर्ने यो वार्षिक शिखर सम्मेलन संयन्त्रको सदस्यमा रुस र जापान सदस्य छन् । अघिल्लो वर्ष कोरोना महामारीको कारण सम्मेलन आयोजना हुन सकेन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर