प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता – Nepal Press

प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता

दिल्ली । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच साउथ ब्लकमा आज भेटवार्ता भएको छ ।

द्धिपक्षीय भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको भारतीय विदेशमन्त्रीले जनाएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानसेनापतिले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई पनि भेट्ने जनाइएको छ ।

प्रधानसेनापति शर्माले बुधबार भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदवी पनि ग्रहण गरेका थिए । उनले हिजो तीन सेनाका समकक्षीसँग पनि भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर